शिक्षा र स्वास्थ्यका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ : शङ्कर पोखरेल
सारांश
- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारीका लागि राज्यलाई जिम्मेवार र जबाफदेही बनाउनुपर्ने बताएका छन् ।
- उनले स्वास्थ्य र शिक्षाका नाममा पैतृक सम्पत्ति क्षयीकरण हुँदा राज्यप्रति असन्तोष बढेको उल्लेख गरे ।
- पोखरेलले गुमेको जनमत फिर्ता गर्नका लागि राज्यलाई शिक्षा, स्वास्थ्य र रोजगारीप्रति जिम्मेवार बनाउने पैरवी थाल्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारका निम्ति राज्यलाई जबाफदेही र जिम्मेवार बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन् । एमाले संसदीय मामिला विभागले संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन च्यासलमा गरिएको अन्तरक्रियाका क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘स्वास्थ्य र शिक्षाका नाममा पैतृक सम्पत्ति क्षयीकरण हुँदै जाँदा त्यसको फ्रस्टेसन राज्यप्रति बढ्यो । त्यसवेला पार्टी र राज्य छुट्टिने अवस्था रहेन’, महासचिव पोखरेलले भने, ‘जसका कारण राज्यप्रतिको असन्तोष पार्टीमा बदलिदा पुराना पार्टीहरूमाथि आरोप र आक्षेप असन्तोषसँग जोडियो ।’
महासचिव पोखरेलले गुमेको जनमत फिर्ता गर्न शिक्षा, स्वास्थ्य र रोजगारका निम्ति राज्यलाई जिम्मेवार र जबाफदेही बनाउने पैरवी थाल्नुपर्ने बताएका हुन् ।
‘राज्यलाई शिक्षा, स्वास्थ्य र रोजगारीप्रति राज्यलाई जिम्मेवार बनाउनै पर्छ’, उनले भने, ‘यो आम नीतिभित्र पनि पर्छ ।’
महासचिव पोखरेलले आफ्ना मूल्य मान्यता र नीतिको जगमा आफूलाई लोकप्रिय बनाउने काम गर्नुपर्ने भन्दै लोकप्रियतावादीतर्फ लाग्न नहुने बताए । त्यसका लागि पार्टीका सांसदहरूले आवश्यक सहयोग लिएर संसदभित्र आफ्ना कामकारबाही प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण