अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
आइतबार, ०३ साउन २०८३, २३ : ३२
सारांश
- प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न चार जनालाई पक्राउ गरेको छ।
- उनीहरूबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल बरामद भएको छ।
- उनीहरूले करिब दुई करोड रुपैयाँ बराबरको सट्टेबाजी कारोबार गरेको भेटिएको छ।
काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कालिकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकि रहेका छन् ।
उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ । उनीहरूले मोबाइल बैंकिङसमेतबाट रु एक करोड ९६ लाख तीन हजार ५१९ बराबरको कारोबार गरेको खुल्न आएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण