फिफा विश्वकप २०२६
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
सोमबार, ०४ साउन २०८३, ०२ : ५८
सारांश
- खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्नुपरेको छ।
- यसले गर्दा साविक विजेता अर्जेन्टिना १० खेलाडीमा सीमित भएको छ।
काठमाडाैँ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको निर्धारित समय सकिनै लाग्दा साविक विजेता अर्जेन्टिनालाई ठूलो धक्का लागेको छ। खेलको थप गरिएको इन्जुरी समयको चौथो मिनेट (९०+४') मा अर्जेन्टिनाका प्रभावशाली मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड (रातो कार्ड) पाउँदै मैदान छाड्नुपरेको छ ।
यसअघि खेलको ८३औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका फर्नान्डेजले थपिएको समयको अन्तिम क्षणमा पुनः फल गरेपछि रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका हुन् । फर्नान्डेज मैदानबाट बाहिरिएसँगै अर्जेन्टिनाले अबको बाँकी खेल १० खेलाडीमा सीमित भएर खेल्नुपर्नेछ, जसले गर्दा स्पेनविरुद्धको रक्षा रणनीति अर्जेन्टिनाका लागि थप चुनौतीपूर्ण बन्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण