डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
काठमाडौँ । यातायात व्यवस्था विभागले यातायात क्षेत्रसँग सम्बन्धित डिजिटल प्रणालीहरूलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन डाटाबेस माइग्रेसन तथा नयाँ करको दर समायोजनको कार्य सुरु गरेको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै यो प्राविधिक काम सम्पन्न गर्न करिब एक हप्ताको समय लाग्ने जानकारी दिएको छ ।
यस अवधिमा प्रणाली स्तरोन्नतिको काम भइरहेकाले अति आवश्यक परेको अवस्थामा बाहेक यातायात सम्बन्धी अन्य सेवाहरू प्राप्त गर्न आगामी साउन ८ गतेपछि मात्र सम्बन्धित यातायात कार्यालयहरूमा सम्पर्क राख्न विभागले सेवाग्राहीलाई अनुरोध गरेको छ ।
विभागका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रदेश सरकारहरूले तोकेका नयाँ करका दररेटहरू प्रणालीमा प्रविष्टि गर्ने तथा मिलान गर्ने कार्य भइरहेको छ । यसका साथै प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन डाटाबेस माइग्रेसनको कार्य पनि सँगसँगै अगाडि बढाइएको हो । प्रणाली स्तरोन्नतिको यस कामबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति यातायात व्यवस्था विभागले क्षमासमेत मागेको छ ।
_R6v9TMnSA9.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण