मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

संसदीय सुनुवाइ समिति बैठक आह्वान

प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
सोमबार, ०४ साउन २०८३, १४ : ००
सोमबार, ०४ साउन २०८३

सारांश

  • प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समिति बैठक मङ्गलवार बिहान ११ बजेका लागि आह्वान भएको छ ।
  • संसदीय सुनुवाइ समितिले प्रस्तावित नामहरू उपर उजुरी आह्वान गरेको थियो, जसको समय आइतबार सकिए पनि सोमबार साँझ ५ बजेसम्म लिइने भएको छ ।
  • संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा र डा.राजीव सुब्बा तथा गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।

काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समिति बैठक आह्वान भएको छ । समितिका सचिवसमेत रहेका राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले सुनुवाइ समिति बैठक मङ्गलवार बिहान ११ बजेका लागि आह्वान भएको र बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको सुनुवाइ गर्ने कार्यसूची तय भएको जानकारी दिए । 

संसदीय सुनुवाइ समिति सचिवालयले प्रस्तावित नामहरू उपर उजुरी आह्वान गरेको थियो । १० दिनको समय राखेर आह्वान गरिएको उजुरीको समय आइतबार सकिएको थियो । तर, आइबार बिदा रहेकाले उजुरी सोमबार साँझ ५ बजेसम्म लिइने र त्यसपछि खोलिने सचिव कँडेलले जानकारी दिए । 

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार समेत रहेका मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । 

त्यही बैठकले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डा.राजीव सुब्बा र गुरु वाग्ले (ओखलढुङ्गा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले तीनै जना विरुद्ध असार २६ गते उजुरी आह्वान गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप