प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
सारांश
- अब सरकारी कार्यालयहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारी दरबन्दी सृजना गर्न नपाउने भएका छन् ।
- मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षमा प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना नगर्ने निर्णय गरेको छ ।
- कर्मचारी सरुवा, बढुवा वा अवकाश हुँदा 'संस्थागत स्मृति हस्तान्तरण' लाई अनिवार्य गरिएको छ ।
काठमाडौँ । अब सरकारकी कार्यालयहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारीको दरबन्दी सृजना गर्न नपाइने भएको छ । बुधबार मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ दरबन्दी सृजना गर्न नपाइने निर्णय गरेको हो ।
बैठकपछि मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित २२ बुँदे निर्णयमा चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि कार्यालयले नयाँ दरबन्दी सिर्जना नगर्ने उल्लेख छ । बैठकले अस्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना लोक सेवा आयोगमा माग नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत भएको दरबन्दीमा कर्मचारीहरूको आन्तरिक मिलान गर्ने, दरबन्दी घट्दा बढी हुन जाने कर्मचारीहरूलाई सङ्घीय कार्यालय, प्रदेश र स्थानीय तहमा कामकाजमा खटाई कर्मचारी कामविहीन हुने अवस्था आउन नदिने निर्णय बैठकको छ ।
सरकारी कार्यालयहरूमा कर्मचारीको सरुवा, बढुवा वा अवकाश हुँदा निजले सम्पादन गरिरहेको कामको निरन्तरताका लागि ‘संस्थागत स्मृति हस्तान्तरण’ लाई अनिवार्य गरिएको छ। यसले नयाँ आउने कर्मचारीलाई काम बुझ्न र कार्यसम्पादनमा सहजता आउने अपेक्षा बैठकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण