नेपालमा एमजीको जीएस र जेडएस, एमजी मोटर्सको शोरुम नक्शालमा
काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले उच्चकोटीको एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ । पारामाउन्ट मोटर्सले आफ्नो नयाँ शोरुम काठमाडौंको नक्शालमा संचालनमा ल्याएको छ । उक्त शोरुमको बेलायती राजदुत रिचर्ड मोरिसले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले एमजी विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी भएको बताए । उनले बिगत केही वर्षदेखि एमजी ब्राण्डले नयाँ–नयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्दै अविश्वसनीय प्रगति गर्दै आइरहेको बताए । अर्यालले कम्पनीले विश्वभरी आफ्नो पहँुच पुर्याउने लक्ष्य लिएको र नेपाली बजारमा पनि प्यारामाउन्ट मोटर्ससँग अधिकारीक वितरकको रुपमा सहकार्य गरिरहेको बताए ।
यो शोरुमको उद्घाटनसँगै यसले एमजीको महत्वकांक्षी योजनामा सहयोग पुग्ने विश्वास कम्पनीको छ । स्टेट अफ आर्ट शोरुमको सुविधा भएको एमजी मोटर्सको शोरुम काठमाडौंको नक्सालमा संचालनमा आएको छ । यो शोरुम एमजी मोटर्सको अन्तर्राष्ट्रिय कन्सेप्टमा आधारित अत्याधुनिक तरिकाले निर्माण गरिएको छ । जहाँ उपभोक्ताले उच्च कोटीको सेवा प्रप्त गर्न सक्ने शोरुमले जनाएको छ ।
एमजी जिएस
एमजी जिएस उत्कृष्ट फुल अप्सन एसयुभी हो । यसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्म रहेको छ । रियर पार्किङ सेन्सर र क्यामेरा, डिएबी रेडियो र ब्लुतुथ, जुन एउटा उत्कृष्ट एसयुभीमा हुने सुविधा सबै यो कारमा रहेको छ । जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध रहेको छ ।
यो कारले ५३०० आरपीएममा २१८ बिएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ । यो कार अल ह्वील ड्राइभ कार हो । यसमा ५५ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ । यो एसयुभीको उचाई १६९९ एमएम रहेको छ भने, यसको लम्बाई ४५०० एमएम रहेको छ । यो एसयुभीले कुनैपनि फिचरमा सम्झौंता गरेको छैन । एमजी जिएसको मुल्य ५४ लाख ९० हजार देखि ७४ लाख ५० हजारसम्मको छ ।
एमजी जेडएस
यो कारमा दिइएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ । यसको उचाई १६४८ एमएम रहेको छ भने, यसको लम्बाई ४३१४ एमएम रहेको छ । यसको ह्वीलवेस २५८५ एमएम रहेको छ । यसमा ४८ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ । एमजी जेडएसको मुल्य ५० लाख ५० हजारबाट ५५ लाख ९० हजारसम्मको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
-
सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण