वातावरण मैत्री रनर बाइकहरु नयाँ कलरमा
काठमाडौं । रमन मोटर्सले रनर ब्राण्डका ८० सीसी देखी १५० सीसीसम्मका मोटरसाइकलहरु भित्राएको छ । विगत एक वर्षदेखी रनर ब्राण्डका ८० सीसी देखी १५० सीसी सम्मका विभिन्न कलरहरुमा मोटरसाइकलहरु र ११० सीसी का स्कुटरहरु बिक्रि वितरण गर्दै आएकोमा हाल नयाँ थप कलरहरुमा मोटरसाइकलहरु भित्राएको रमन मोटर्सले जनाएको छ ।
रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरु राम्रो माइलेज दिने, टिकाउ र गुणस्तर हुनुको साथै वाताकरण मैत्री भएको वपन कम्पनीले जनाएको छ । उक्त मोटरसाइकल तथा स्कुटरहरु नेपाल सरकारको प्रदुषण मापदण्ड अनुसार भएको र नेपाल सरकारको नियम बमोजिम दर्ता भई विक्री बितरण हुँदै आएको पनि कम्पनीले बताएको छ ।
उक्त मोटरसाइकल तथा स्कुटरहरुमा ६ वर्षको वारेन्टि हुनुको साथै नेपालका विभिन्न सहरहरुमा फोरएस डिलर रहेको छ । छोटो समयमा नै नेपाली ग्राहकले अत्याधिक रुचाइएको रनर ब्राण्डले नेपालमा नै रोजगारी सिर्जना हुने, देश विकाशमा टेवा पुग्ने र अझै सस्तो हुने गरी आगामी केही वर्ष भित्रै आफ्नै देशमा सव एम्बुलेन्स, फुल एमबुलेन्स गर्दै पूर्ण रुपले उत्पादन गर्ने सोचका साथ अघि बढीसकेको समेत जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
-
सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण