फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
बिहीबार, ०७ साउन २०८३, ०८ : ५७
सारांश
- प्रहरीले सिराहाको लहानबाट फलफूलको गाडीमा लुकाएको अवस्थामा ६५२ केजी गाँजा बरामद गरेको छ ।
- लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बा२१ च ५८६६ नम्बरको पिकअपमा फलफूलमुनि लुकाएको गाँजा बरामद गरेको हो ।
- गाँजा ओसारपसारमा संलग्न लहान नगरपालिका–३ घर भएकी श्यामकुमारी साह, शिवम साह र भारतीय नागरिक गौरव महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ । प्रहरीले सिराहाको लहानबाट फलफूलको गाडीमा लुकाएको अवस्थामा ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका शाखा कार्यालय सिराहाबाट खटिएको टोलीले बुधबार लहान नगरपालिका–३ स्थित श्यामकुमारी साहको घर कम्पाउन्डबाट ६५२ केजी गाँजा बरामद गरेको हो ।
पार्किङ गरेर राखिएको बा२१ च ५८६६ नम्बरको पिकअपमा फलफूलमुनि लुकाएको अवस्थामा ६५२ केजी गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाले बताए ।
ब्यूरोको टोलीले गाँजा ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–३ घर भएकी ३८ वर्षीय श्यामकुमारी साह, १९ वर्षीय शिवम साह र भारतीय नागरिक ३८ वर्षीय गौरव महतो छन् ।
आरोपीहरूमाथि थप अनुसन्धान गर्न उनीहरूलाई बरामद गाँजा सहित इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको डीएसपी निरौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण