रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
सारांश
- रियल मड्रिडले म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई टोलीमा भित्र्याउने प्रयास तीव्र पारेको छ।
- क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज सुरुमा यो सम्झौताप्रति सकारात्मक नभए पनि अहिले सोचमा परिवर्तन आएपछि बोर्ड रोड्रीलाई भित्र्याउन अघि बढेको छ।
- खेलाडीको मूल्यका विषयमा दुई क्लबबिच अझै सहमति हुन सकेको छैन, जसमा रियल ६ करोड युरोभन्दा बढी तिर्न चाहँदैन भने म्यानचेस्टर सिटी १० करोड युरोको मागमा अडिग छ।
मड्रिड । स्पेनिस फुटबल क्लब रियल मड्रिडले विश्वकप सकिएलगत्तै स्पेनिस राष्ट्रिय टोलीका स्टार तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई टोलीमा भित्र्याउने प्रयास तीव्र पारेको छ।
सञ्चारमाध्यमका अनुसार रियल मड्रिडले रोड्रीलाई अनुबन्ध गर्ने विषयमा अन्तिम निर्णय लिइसकेको छ।
फ्रान्सेली पत्रिका ‘एल’एक्युप’ का अनुसार क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज सुरुमा यो सम्झौताप्रति सकारात्मक थिएनन्। तर, अहिले उनको सोचमा परिवर्तन आएपछि रियल मड्रिडको बोर्ड रोड्रीलाई भित्र्याउन अघि बढेको छ।
दुई वर्षअघि सन्न्यास लिएका जर्मन स्टार टोनी क्रुसले सम्हालेको भूमिका निभाउन सक्ने खेलाडीको आवश्यकता महसुस गर्दै मड्रिडले रोड्रीलाई त्यसका लागि उपयुक्त विकल्प मानेको छ। यद्यपि, खेलाडीको मूल्यका विषयमा दुई क्लबबिच अझै सहमति हुन सकेको छैन।
रियल ६ करोड युरोभन्दा बढी तिर्न चाहँदैन। उता म्यानचेस्टर सिटी भने रोड्रीलाई बेच्नका लागि १० करोड युरोको मागमा अडिग छ।
अर्कोतर्फ ‘स्काई स्पोर्ट’ ले यसै गृष्मकालीन ट्रान्सफर विन्डोमा रोड्री रियल मड्रिड जाने सम्भावना बढ्दै गएको दाबी गरेको छ। मड्रिडस्थित एक रेस्टुरेन्टमा क्लबका पदाधिकारी र खेलाडीका एजेन्टहरूबिच गोप्य वार्ता भएको थियो।
‘उक्त भेटघाटपछि क्लबको बोर्डले सम्झौता प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको’ खबरमा उल्लेख छ। मड्रिडले रोड्रीलाई सन् २०३० सम्मको सम्झौता प्रस्ताव गर्ने तयारी गरिरहेको छ भने हाल खेलाडीसँग व्यक्तिगत सर्तहरूमा सहमति जुटाउने काम भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण