छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
सारांश
- देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
- तनहुँ, कास्की, झापा र पाल्पामा भएका दुर्घटनामा परी चार जनाको ज्यान गएको हो।
- सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
तनहुँ, कास्की, झापा र पाल्पामा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीस्थित सडकमा डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१७ प १३१० नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका-६ बस्ने २५ वर्षीय अनिल पौडेल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको सीएमसी अस्पताल भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै कास्कीको पोखरा महानगरपालिका-१५ ढुङ्गेसाँघुस्थित सडकमा ग १ ज ८२५० नम्बरको हायस र ग १३ प ६०२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना भएको छ। दुर्घटनामा मोटरसाइकल चालक सोही महानगरपालिका-१५ टुटुङ्गा बस्ने १९ वर्षीय सौगात भन्ने लोकबहादुर गुरुङको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ भने हायस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको दमक नगरपालिका-४ भाइरल रोड सङ्गम चोकस्थित सडकमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ५४८२ नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका-३ बस्ने ५३ वर्षीय रनबहादुर बिष्ट रहेका छन्। बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो। कारले ठक्कर दिँदा साइकल अनियन्त्रित भई प्रदेश १-०१-०१५ प १४४ नम्बरको मोटरसाइकलमा समेत ठक्कर खान पुगेको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड रिफर गरिएको छ भने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उता पाल्पाको तिनाउ गाउँपालिका-३ छहरागैरास्थित सडकमा बुटवलबाट तानसेनतर्फ जाँदै गरेको लु २ ख १७१९ नम्बरको टिपर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका-३ सिसुवा बस्ने ३५ वर्षीय हेमबहादुर लम्तरी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मर्सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण