बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सत्ता गठबन्धनबाट एमाले अलग भएपछि रिक्त रहेका ३ मन्त्रालयमा विना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् ।
- कांग्रेसका विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
- यसअघि कांग्रेसका ३ मन्त्रीहरू स्वास्थ्य तथा सामाजिक विकास, आन्तरिक मामिला कानुन तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालयमा जिम्मेवारीमा थिए ।
हेटौँडा । बागमती प्रदेशका विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । सत्ता गठबन्धनबाटबाट एमाले अलग भएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ३ जना विना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री बानियाँले प्रदेशको ८ मन्त्रालय मध्ये रिक्त रहेका ३ मन्त्रालयमा मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन् । कांग्रेसका विना विभागीय मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री बानियाँको क्याविनेटमा यसअघि कांग्रेसका ३ मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् । कांग्रेसबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ जिम्मेवारीमा रहेका छन् ।
मुख्यमन्त्री बानियाँले उक्त कार्य विभाजन सहित प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । बुधबार मात्र एमालेका ६ मन्त्रीहरूले पदबाट राजीनामा गरेर सरकारको समर्थन फिर्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण