रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेललाई रौतहटको गढीमाई नगरपालिकाका स्थानीयवासीले मसी प्रहार गरेका छन् ।
- जनतासँग भेटघाट गर्ने क्रममा त्यहाँका स्थानीय युवाले सांसद पौडेलमाथि पछाडिबाट मसी प्रहार गरेका हुन् ।
- मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले झन्डासहित नारा लगाउँदै सांसद पौडेलमाथि कालोमसी फ्यालेका थिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेललाई मसी प्रहार गरिएको छ । रौतहटको गढीमाई नगरपालिकाका स्थानीयवासीले सांसद पौडेललाई मसी प्रहार गरेका हुन् ।
बिहीबार राति जनतासँग भेटघाट गर्ने क्रममा त्यहाँका स्थानीय युवाले सांसद पौडेलमाथि पछाडिबाट मसी प्रहार गरेका हुन् । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को गढीमाई वडा नम्बर ४ मा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने बेला मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले नारा लगाउँदै सांसद पौडेलमाथि कालोमसी फ्यालेका थिए । सांसद पौडेलले समेत घटनाको पुष्टि गरेका छन् ।
उनले भने, ‘राति ८ बजेको कुरा हो, कार्यक्रम सकाएर फर्किने बेला पछाडिबाट केही युवा कालो पदार्थ पछाडि फ्यालेका हुन् । उनीहरूको पहिचान पनि भइसकेको छ ।’
उनका अनुसार आक्रमणकारीहरू कालोमोसो फ्यालेर उखुबारीतिर भागेका छन् । मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले झन्डासहित त्यहाँ नारा पनि लगाएका थिए । उनीहरूले त्यहाँ पर्चा पनि फ्यालेका छन् । सांसद पौडेलका अनुसार उनीहरुद्ये मेचीदेखि महाकालीसम्मको भूभाग मधेसको हो भनी नारा लगाएका थिए ।
साँझ कबरदाह (मुस्लिमहरूको शव गाड्ने ठाउँ) हेर्न जान उनीहरूले आफूलाई आग्रह गरेको उनले बताए । उनीहरूको आग्रहपछि सांसद पौडेलले अहिले ढिलो भयो अर्को दिन जाउला भनेर टारेका थिए । तर पछि उनीहरू नै नारा लगाएर आएको जस्तो आफूलाई लागेको सांसद पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूका लागि अभिमुखीकरण आवश्यक: ढुङ्गाना
-
विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा डा. उप्रेतीद्वारा पदभार ग्रहण
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण