खैरो हेरोइनसहित ४ जना पक्राउ
शुक्रबार, ०८ साउन २०८३, १२ : ४२
झापा । शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन् । उनीहरु बिहीबार साँझ भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको किशनगञ्ज जिल्ला वडा नं १२ बस्ने मोहित आलम, उनकी श्रीमती जेनेतुन खातुन, छोरा सोहेल आलम तथा सोही अटोमा सवार मोहम्मद तजरुल रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मे१ह ५०११ नम्बरको अटो शङ्कास्पद देखिएपछि जाँच गर्दा शिशुले लगाएको डाइपरभित्र राखिएको खैरो हेरोइन फेला परेको हो । बरामद गरिएको खैरो हेरोइनको तौल झन्डै १० ग्राम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण