डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
सारांश
- डा. गोविन्द केसीको २४ औँ सत्याग्रहको तेस्रो दिन स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।
- अनशनरत डा. केसीको ब्लड सुगर ५० एमजि/डिएलमा झरेको छ, मांसपेशी बाउँडिने र बोल्न गाह्रो हुने जस्ता समस्या थपिएका छन्।
- सरकारले डा. केसीका मागहरू सम्बोधन गर्न संवादको पहल थालेको छ।
काठमाडौँ । डा. गोविन्द केसीको २४ औँ सत्याग्रहको तेस्रो दिन उनको स्वास्थ्य अवस्था बिस्तारै कमजोर बन्दै गएको छ। अनशनरत डा. केसीको ब्लड सुगर घट्दै गएर शनिवार बिहान ५० एमजि/डिएलमा झरेको छ । रक्तचापमा समेत तीव्र उतारचढाव देखिएको छ।
मांसपेशी बाउँडिने र बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या थपिएका छन्। अनशन बस्नुअघि मात्रै खुट्टाको शल्यक्रिया गरिएकाले उनलाई हिँडडुल गर्न र बाथरुम जानसमेत निकै कठिन भइरहेको छ। उनको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. जगेन्द्र दुवालको नेतृत्वमा गठित मेडिकल टिम खटिएको छ।
यसैबिच, डा. केसीका मागका विषयमा सरकारले संवादको पहल थालेको छ। शिक्षामन्त्री पोखरेलेले शुक्रवार साँझ डा. अमृत जैसी र राति ११ बजे डा. केसीसँग टेलिफोनमा कुराकानी गरेका थिए ।
संवादका क्रममा डा. केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने र गेटामा तत्काल ३०० शय्याको पूर्णकालीन अस्पताल सञ्चालन हुनुपर्ने लगायतका मुख्य मागहरू राखेका छन् ।
उनले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृहकार्यसहित वार्तामा आउन सरकारलाई आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण