शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

देशमा निरङ्कुश प्रवृत्ति देखा पर्‍यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड

शनिबार, ०९ साउन २०८३, १० : ३०
शनिबार, ०९ साउन २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको बताएका छन् ।
  • उनले कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध र पुनर्जीवित गर्न जरुरी रहेको उल्लेख गरे ।
  • प्रचण्डले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका विरुद्धमा पुनः सङ्घर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको बताएका छन् ।  आज नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

संयोजक दाहालले अहिले कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । कम्युनिस्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको बताए । 

देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको उनले बताए ।  

संयोजक दाहालले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका विरुद्धमा एक पटक पुनः सङ्घर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप