नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
सारांश
- नेपालगञ्ज उपमहानगरपालिकामा जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका छ वटा ऐतिहासिक शालिकको पुनर्निर्माण गरी पुनः अनावरण गरिएको छ ।
- पुनर्निर्माण गरिएका शालिकहरूमा पूर्वप्रधानमन्त्री सुशील कोइराला, गणेशमान सिंह, बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, राजा वीरेन्द्र शाह र सहिद सेतु विकका रहेका छन् ।
- नगरप्रमुख प्रशान्त विष्टले इतिहासको सम्मान र ऐतिहासिक व्यक्तित्वको योगदान स्मरण गर्दै नयाँ पुस्तालाई सचेत गराउने उद्देश्यले शालिक पुनर्निर्माण गरिएको बताएका छन् ।
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ती ऐतिहासिक शालिकको अनावरण गरेका हुन् ।
स्व पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिकसँगै स्व गणेशमान सिंह, बिपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा सहिद सेतु विकका पुनर्निर्माण गरिएका शालिक नेपालगञ्जका अलगअलग स्थानमा पुनः स्थापित भएका हुन् ।
अनावरण कार्यक्रममा नगरप्रमुख विष्टले इतिहासको सम्मानका साथै ऐतिहासिक व्यक्तित्वको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई इतिहासप्रति सचेत गराउने उद्देश्यले शालिक पुनर्निर्माण गरिएको बताए । उनले भने, “यी हाम्रा धरोहर हुन् जसले इतिहासलाई जीवन्त राख्ने छन् ।”
अनावरण कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताको सहभागिता थियो । स्व पूर्वप्रधानमन्त्री कोइरालाका बाहेक अन्य पाँच वटा शालिक निर्माणमा करिब रु २५ लाख खर्च भएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण