अपडेट
लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु
मङ्गलबार, १२ साउन २०८३, ०७ : ५४
सारांश
- लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा कुलो भत्किँदा २ तले धन्सार पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-१ घनपोखराकी टिक बहादुर विक र उनकी छोरी विनीता विक रहेका छन् ।
- पहिरोमा परी घाइते भएका ४ जनामध्ये २ जनाको पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा । लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किएको हो ।
धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउपालिका १ घनपोखरा नायुका टिक बहादुर विक र उनकी कान्छी छोरी विनीता विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धन्सार भत्किँदा उनीहरू सहित ४ जना घाइते भएका थिए । घाइतेमध्ये आमा सुक कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको ईप्रका भोर्लेटारका प्रमुख ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण