बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
सारांश
- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
- कान्ति लोकपथ, अरनिको राजमार्ग, र मेची राजमार्ग पहिरो र वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
- मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ र केही राजमार्गहरूमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ।
काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार ललितपुरको बागमती गाउँपालिका-३, पाण्डुरस्थित कान्ति लोकपथ आज बिहान ५:३५ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग अन्तर्गत चारकिलो र कोदारी दुवै स्थानमा पहिरो खसेका कारण सडक पूर्ण रूपमा बन्द छ।
कोशी प्रदेशको इलाम नगरपालिका-९, राजदुवालीस्थित मेची राजमार्ग (झापा-ताप्लेजुङ सडक) पनि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको छ।
भोजपुरको मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गहरूमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ।
काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी खण्ड (वि.पि. राजमार्ग) मा बाढीको सम्भावनाका कारण साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन चल्न दिइनेछ।
त्यसैगरी, मकवानपुरको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्ड (कान्ति लोकपथ) मा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण राति ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
वर्षातको समयमा सडकको अवस्था प्रतिकुल हुन सक्ने भएकाले यात्रा गर्नुअघि नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर मात्र निस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध
-
एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद छैन : प्रवक्ता ज्वाला
-
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’, नमस्ते क्रेडिट सीमा पनि बढ्यो
-
नागढुङ्गा सुरुङमार्गबारे पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया, ‘मेरो पहिलो निर्णय यथार्थमा परिणत भयो’
-
समयमै परीक्षण गरौँ, हेपाटाइटिसबाट बचौँ : प्रा.डा. दिलीप शर्मा
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण