सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध
सारांश
- सिरहाको कसहा नजिक पूर्व पश्चिम राजमार्ग हिन्दुवादीले अवरुद्ध पारेका छन् ।
- सुनसरीमा हिन्दु र मुस्लिम समुदायबीच झडप हुँदा एक व्यक्तिको मृत्यु भएको विरोधमा प्रदर्शन भएको हो ।
- सुरक्षाकर्मीको गोली लागेर ओम प्रकाश मेहताको मृत्यु भएपछि हिन्दुवादीले राजमार्ग अवरुद्ध गरेका हुन् ।
काठमाडौँ । सिरहाको कसाहा स्थित पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् । हिन्दु सम्राट्को नेतृत्वमा उपस्थित भएका हिन्दुवादीहरूले राजमार्ग अवरुद्ध गरेका हुन् ।
सिरहाको धनगढी नगरपालिका वडा नम्बर–८ स्थिह कसहामा अवरुद्ध राजमार्ग खुलाउन समन्वय भइरहेको सिरहाका एसपी बासु पाठकले रातोपाटीलाई बताए ।
साउन १० मा राति सुनसरीको दोवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप हुँदा एक जनाले ज्यान गुमाएका थिए । सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज–४ घर भएका ३० वर्षीय ओम प्रकाश मेहताले ज्यान गुमाएको विरोधमा हिन्दुवादीले सिरहामा पनि प्रदर्शन गरेका हुन् ।
सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुनसरी घटनाको असर अन्यत्र फैलिन नदिन पूर्व सतर्कता अपनाउने निर्णय गरेको थियो । सुनसरीमा भएको झडपमा परेर अरू ९ जना स्थानीय घाइते भएका छन् । घाइतेहरूमध्ये दुई जनालाई गोली लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक जना अधिकृतले रातोपाटीलाई बताए । दुई जना स्थानीयको अवस्था गम्भीर छ । झडपमा इन्स्पेक्टर राकेश राई सहित १० जना र सशस्त्रका १० जना सुरक्षाकर्मी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न प्रलाेपाकाे माग
-
मुख्य मागमा छैन सहमति, डा. केसीलाई सत्तापक्षीय सांसदको थुमथुम्याइ
-
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण