शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कमर्श पढेर जागिर नभेटेकालाई अवसर : बैंक तथा वित्तिय संस्थामा धमाधम जागिर खुल्दै

बुधबार, ३१ जेठ २०७४, १६ : २६
बुधबार, ३१ जेठ २०७४

काठमाडौं–कमर्श तथा अर्थशास्त्रमा स्नात्तोकोत्तर, स्नातक वा प्लस टु गरेर पनि जागिर नपाउनेका लागि अव खुसीको खवर छ । बैंक तथा वित्तिय संस्थामा जागिर खानका लागि राम्रो विषय लिएर पढेपनि त्यो अवसर नपाइरहेका लागि भने अव धमाधम जागिरको अपस आउन थालेको छ । 


नेपालका ‘क’ बर्गका कमर्सियल बैंक देखि विकास बैंक, फाइनान्स कम्पनी र इन्स्योरेन्स कम्पनीहरुमा अहिले धमाधम जागिर खुल्न थालेको हो । बैंक तथा वित्तिय संस्थाले पढेलेखेका तथा बैंक तथा वित्तिय क्षेत्रमा काम गरेको अनुभव समेत भएकालाई आकर्षक तलव सहित डेपुटी चिफदेखि असिस्टेन्टसम्मको जागिर खुलाएका हुन् । 


केही दिन अघि मात्र जनता बैंकले विभिन्न पदमा एक सय ५० जनाका लागि आवेदन मागेको छ । विभिन्न पदमा माग गरेको आवेदन असार ६ गतेसम्म दिन सकिने बैंकले जनाएको छ । यस्ते, नेपालको उत्कृष्ठ विकास बै.क केलाश विकास बैंकले पनि लिगल अफिसर, अफिसर, सिनियर अफिसर तथा जुनिय अफिसर जस्ता पदमा आवेदन माग गरेको छ । उपत्यका र उपत्यका वाहिरका शाखामा समेत गरेर उसले आवेदन माग गरेको हो । उपत्यका सहित वर्दिवास, इटहरी, लमही लगायतका ठाउँमा काम गर्नेगरि आवेदन माग भएको छ । 


यस्तै, अर्को विकास बैंक सिन्धु विकास बैंकले पनि डेपुटी चिफदेखि एक्ज्यिुकेटीभ जुनियर अफिसरसम्म माग गरेको छ । स्नात्तकोत्तर र ५ वर्षको अनुभव भएकाले सिन्धुको सिनिय पोष्टमा आवेदन गर्न सक्नेछन् ।

यस्तै स्नात्तकोत्तर र र ३ बर्ष अनुभव भएकाले डेपुटी चिफमा आवेदन गर्न पाउनेछन् । यस्तै, बीमा कम्पनी शिखर यन्स्योरेन्सले पनि अफिसर असिस्टेन्ट, अन्डरराइटिङ, मार्केटिङ, अकाउण्ट तथा एडमिस्टेसनमा जागिर खुलाएको छ । सम्वन्धीत क्षेत्रमा काम गरेको अनुभव भएकाले प्राथमिकता पाउने बैंक तथा वित्तिय संस्थाले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप