बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसलाई कालो दिवस मनाउँदा सिके राउतका २० जना कार्यकर्ता पक्राउ

बुधबार, ०३ असोज २०७५, १६ : २३
बुधबार, ०३ असोज २०७५

परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई गिरफतार गरेको छ ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाँधी स्वतन्त्र मधेशको नारा लगाउँदै विरोध र्यालीपछि कोणसभा गरिरहेको अवस्थामा प्रहरीले २० जना कार्यकर्तालाई गिरफतार गरेको हो ।

आज असोज ३ गते संविधान दिवसको दिनलाई मधेशको लागि कालो दिन भन्दै विरोध प्रदर्श गरेकाले प्रहरीले ति कार्यकर्ताहरुलाई गिरफतार गरेको जनाएको छ ।

स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादवको नेतृत्वमा संविधानविरोधी कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा भाग लिन गाउँ–गाउँबाट राउतका कार्यकर्ताहरु आएका थिए ।

विरोध जुलुपछि बेलासपुर चोकमा शान्तिपूर्ण रुपमा कोणसभा गर्दै गर्दा प्रहरीले महिला सहित २० जना अगुवा कार्यकर्तालाई गिरफतार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीले अगुवा कार्यकर्ताहरुलाई गिरफ्तार गर्दै गर्दा अरु साधारण कार्यकर्ताहरुले आफूलाई पनि गिरफतारीका लागि प्रहरीलाई थप गाडी मगाउन आग्रह गरिरहेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप