संविधान दिवसलाई कालो दिवस मनाउँदा सिके राउतका २० जना कार्यकर्ता पक्राउ
परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई गिरफतार गरेको छ ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाँधी स्वतन्त्र मधेशको नारा लगाउँदै विरोध र्यालीपछि कोणसभा गरिरहेको अवस्थामा प्रहरीले २० जना कार्यकर्तालाई गिरफतार गरेको हो ।
आज असोज ३ गते संविधान दिवसको दिनलाई मधेशको लागि कालो दिन भन्दै विरोध प्रदर्श गरेकाले प्रहरीले ति कार्यकर्ताहरुलाई गिरफतार गरेको जनाएको छ ।
स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादवको नेतृत्वमा संविधानविरोधी कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा भाग लिन गाउँ–गाउँबाट राउतका कार्यकर्ताहरु आएका थिए ।
विरोध जुलुपछि बेलासपुर चोकमा शान्तिपूर्ण रुपमा कोणसभा गर्दै गर्दा प्रहरीले महिला सहित २० जना अगुवा कार्यकर्तालाई गिरफतार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ ।
प्रहरीले अगुवा कार्यकर्ताहरुलाई गिरफ्तार गर्दै गर्दा अरु साधारण कार्यकर्ताहरुले आफूलाई पनि गिरफतारीका लागि प्रहरीलाई थप गाडी मगाउन आग्रह गरिरहेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण