शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दैलेखमा बस दुर्घटना, १० जनाको मृत्यु १८ घाइते

बुधबार, ३१ जेठ २०७४, १७ : १४
बुधबार, ३१ जेठ २०७४


दैलेख– दैलेखको आठबिस नगरपालिकामा बुधबार भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।  कालिकोटबाट महेन्द्रनगर जादै गरेको बस सडकबाट दुईसय मिटर तल कर्णाली नदिको किनारतर्फ खसेको थियो । 


दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुमध्ये १३ जनाको राकम स्वास्थ्य चौकीमा उपचार भइहरेको जिल्ला प्रहरी कार्यलय दैलेखका प्रहरी निरीक्षक योगेन्द्र खड्काले जानकारी दिए । बाँकी ५ जनालाई पनि उपचारका लागि लैजादै गरिएको प्रहरील जनाएको छ ।  


ना ४ ख २९९८ नं बस दिउँसो ३ बजे दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलिनसकेको र मृतकको सनाखत पनि हुन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप