शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डोल्पामा भाइरल ज्वरोको महामारीः तीनको ज्यान गयो

बुधबार, ३१ जेठ २०७४, २१ : २८
बुधबार, ३१ जेठ २०७४

औषधिसहितको स्वास्थ्यकर्मीको टोली घरमै पुगेर चेकजाँच गर्दैे 

रामचन्द्र न्यौपाने

डोल्पा– डोल्पाको मुड्केचुला गाउँपालिकाको दुई गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । भाइरल ज्वरोको प्रकोपले तीन जनाको मृत्यु भइसकेको छ । अन्य दर्जनौं विरामी छन् । 

मुड्केचुला गाउँपालिको सुर र नर्कु गाँउमा फैलिएको भाइरल ज्वरोले तीन जनाको मृत्यु भएको हो । भाइरल ज्वरोले मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको छ । ज्वरोले सयौं ग्रसित छन् ।

विरामीमा टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकीको लक्षण देखिएको छ । तल्लो डोल्पाको विभिन्न गाउँमा महामारीको रुपमा फैलिएको भाइरल ज्वरोको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहित औषधि पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डाक्टर श्रीकान्त अग्रवालकाअनुसार औषधि  वितरण कार्य सुरु भइसकेको छ ।
 
“जिल्लाबाट खटिएका स्वास्थ्यकर्मीले घरमै पुगेर चेकजाँच गरी  औषधि वितरण गरिरहेको डा. अग्रवालले बताए । मौसम आएको परिबर्तनले भाइरल ज्वरोको प्रकोप फैलिएको उनले बताए । अहिले तल्लो डोल्पाका गाउँको अवस्था सामान्य बन्दै गइरहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताए । 

संक्रमित बिरामीलाई उमालेको पानी पिउन, न्यानो कपडाको प्रयोग गर्न तथा प्रकोप फैलन नदिन संक्रमित व्यक्तिले मास्क प्रयोग गर्न समेत डा. अग्रवालको सुझाव छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप