कसरी छान्ने फाउन्डेशन ? यस्तो छ मेकअप आर्टिस्टको सुझाव
मेकअपमा फाउन्डेशनले महत्वपूर्ण स्थान राख्छ । तर मेकअप गर्दा फाउन्डेसन लगाउनुनै पर्छ भन्ने छैन । अनुहारमा धेरै दागहरू नभएका र गोरो वर्ण भएकाले बीबी क्रिम लगाउँदा पनि अनुहार आकर्षक र सुन्दर देखिन्छ ।
धेरैलाई आफ्ना लागि कस्तो फाउन्डेसन उपयुक्त हुन्छ त्यसबारे थाहा हुँदैन । यसका लागि मेकअप आर्टिस्ट स्वस्तिका राजभण्डारीले यस्तो ‘ट्रिक्स दिएकी छिन् ।
फाउन्डेसन कसरी छान्ने ?
छालाको रङ र प्रकार हेरेर फाउन्डेसनको सेड छनोट गर्नुपर्छ । कुनै पनि पसलमा गएर फाउन्डेसनका तीनवटा सेड माग्नुहोस् । हामी नेपालीहरूको वर्ण हल्का कालो हुने भएकाले ‘एल्लो टोन’को फाउन्डेसन म्याच हुन्छ । गोरा मानिसलाई पनि ‘एल्लो टोन’को फाउन्डेसन मिल्ने भएकाले यसका तीनवटा सेड माग्नुहोस् । त्यसपछि तीनवटा बोतललाई आफ्नो अनुहारको साइडमा राखेर हेर्ने । जुन बोतलको फाउन्डेसन आफ्नो छालासँग मेल खान्छ जस्तो लाग्छ, ती बोतल मात्र छान्नुहोस् । त्यसपछि फाउन्डेसन औंलामा लिएर ‘ज लाइन’ गालाको मुनिबाट घाँटीसम्म पुग्ने गरी लाइन कोर्नुहोस् । तीन चार थरीका फाउन्डेसन औंलामा लिएर कोर्दा कुन फाउन्डेसन हाम्रो छालामा राम्रोसँग मिल्छ र देखिँदैन त्यो नै हाम्रा लागि सबैभन्दा उपयुक्त हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण