वसन्तपुरमा विश्वकप क्रिकेटको ट्रफी, फोटो खिच्नेको भीड (फोटोफिचर)
काठमाडौँ । विगत चार दिनदेखि नेपालमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइएको छ ।
दिउँसो ट्रफी वसन्तपुर घुमाएपछि र अपराह्न भारत लगिनेछ ।
नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पु¥याइएको थियो । आइतबार साँझ ट्रफी राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो ।
आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गरिएको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याएको हो ।
विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ ।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफीटुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको थियो । ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ ।
विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण