सुनिल ग्रोवर कमेडी शोमार्फत् फिर्ता हुँदै, शाहरुख खान र रणबीर हुनेछन् पाहुना ?
भारतीय हास्यकलाकार सुनिल ग्रोवर मिनी कमेडी सिरिजसहित टेलिभिजनमा फिर्ता हुने तयारीमा भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
स्रोतका अनुसार उक्त सिरिज १२–१५ एपिसोडको हुनेछ । यसमा बलिउड अभिनेताको पनि सहभागिता हुने बताइएको छ ।
सुनिलको नयाँ कार्यक्रम कपिल शर्माको चर्चित कार्यक्रम कपिल शर्मा शोको ढाँचामा हुने स्रोतले जानकारी दिएको छ ।
यदि स्रोतलाई विश्वास गर्ने हो भने कपिलको कार्यक्रमजस्तै कन्सेप्टमा टिभीमा फिर्तीको सोच सुनिलकै हो । कार्यक्रममा सुनिल ग्रोवरको पारिवारिक सदस्य पनि रहनेछन् । पूरा कन्सेप्ट सुनिल र उनको परिवारको वरिपरि नै बनाइनेछ ।
स्रोत भन्छ, ‘सुरुवातमा च्यानलले स्टोरीलाइनमा केही परिवर्तन गर्न खोजेको थियो तर सुनिललाई जसरी पनि यस्तै कन्सेप्टसहित अघि बढ्नुथियो । उनलाई विश्वास थियो कि यसैमार्फत दर्शकसँग कनेक्ट हुनेछ । केही परिवर्तन गरेपछि च्यानलले यसका लागि सहमती जनाए ।’
प्रीति सिमोस हुन् निर्माताः
कार्यक्रमकी निर्माता कपिलकी पूर्व प्रेमिका र एक क्रिएटिभ हेड प्रीति सिमोस हुन् । योजनाअनुरुप कार्यक्रम डिसेम्बर सन् २०१८ को मध्यदेखि सुरु हुनेछ । यो विकेन्ड शो हुने बताइएको छ ।
कार्यक्रममा शाहरुख खान र रणबीर सिंह पाहुनाको रुपमा आउने स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण