फूलैफूलको संसार
काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भैसकेको छ । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेर यो पर्व धुमधामका साथ मनाइदैछ ।
तिहारको पहिलो दिन कागको पुजा र दोस्रो दिन कुकुरको पूजा गरेपछि तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आरधना गरेर मनाइँदैछ ।
आजकै दिन लक्ष्मीको प्रतिकका रुपमा लिइने गाईको समेत पूजा गरिन्छ ।
उज्यालो र फूलैफूलको चाड भनेर चिनिने यो पर्वमा फूलको विशेष महत्व हुने गर्दछ । त्यही भएर यो पर्वमा फुलको कारोबार समेत धेरै हुने गरेको छ ।
यतिवेला गाउँशहर सबैतिर सयपत्री, मखमली लगायत विभिन्न जताका फुल तथा माला किन्ने र बेच्नेहरुको भीड देख्न सकिन्छ ।
तिहार सुरु भएलगत्तै काठमाडौ उपत्यका र बाहिरबाट समेत फुल तथा मालाको व्यापार गर्न व्यापारी तथा मानिसहरु राजधानी आउने गरेका छन् । अहिले काठमाडौका बजार, पसल, चोक तथा गल्लीगल्लीमासमेत फुलको कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण