सोफिया हयातले सोसल मिडियामा पोष्ट गरिन् श्रीमानसँगको ‘लभ मेकिङ’ भिडियो
नन बनिसकेकी बिग बस एटकी प्रतियोगी सोफिया हयातले श्रीमानसँगको ‘लभ मेकिङ’ भिडियो इन्स्टाग्राम अकाउन्टमा पोष्ट गरेकी छिन् । उक्त भिडियोमा उनी आफ्ना श्रीमान् व्लाड स्टेनेस्कुसँग इन्टिमेट भइरहेकी छिन् । स्मरण रहोस्, योभन्दा पहिले सोफिया गिया मदर बनेर आफ्ना श्रीमानसँग मिलेर मानिसहरुलाई पवित्र सेक्सको शिक्षा दिनेबारे सार्वजनिक गरिसकेकी छिन् ।
यो भिडियोसँगै सोफियाले क्याप्सनमा लेखेकी छिन्, ‘जाग बच्चाहरु । तपाईंहरु स्वर्गमा हुनुहुन्छ । वास्तविक प्रेम र इन्टिमेसीको बारेमा सबैले जानकारी पाउनुपर्छ । यो मेरो नयाँ म्यूजिक भिडियो हो र गीतको बोल – ओम शान्ती ओम । इन्टिमेसी पवित्र हुन्छ र यो निकै सुन्दर पनि हुन्छ ।’
सोफिया थप्छिन्, ‘जो मानिसहरु यसबारे गलत सोच्छन् उनीहरुलाई प्रेम र इन्टिमेसीबारे केही पनि थाहा छैन । उनीहरु यसलाई सेक्सको रुपमा मात्र हेर्ने गर्दछन् । हामीले इन्टिमेसी र लभमेकिङको कनेक्सन बुझे संसारभरी बलात्कार र यौनहिंसालाई रोक्न सकिन्छ ।’
उनले पोर्नको उदाहरण दिँदै लेखिन्, ‘पोर्नले सेक्सको बदनाम गरेको छ किनभने यसमा हुने सेक्समा प्रेमको भावना हुँदैन । प्रेम नहुँदा सेक्स निक्कै निरर्थक हुने गर्दछ ।’
स्मरण रहोस्, सोफियाले पछिल्लो महिना आफ्ना श्रीमान व्लाड स्टेनेस्कुसँग मन्दिरमा विवाह गरेकी थिइन् । इन्स्टाग्राममा फोटो सेयर गर्दै उनले आफ्ना श्रीमानलाई छोरा र बुवा भनेकी थिइन् ।
यतिमात्र होइन, उनले आफूलाई अल्लाह आमा र देवी आइसिस (मिश्र) भनेकी छिन् । उनका अनुसार जसले सेक्सलाई अस्विकार गर्छ उनीहरुले आफ्नो अस्तित्व पनि अस्विकार गर्छन् ।
सोफियाले संसारमा आफूलाई मात्र पवित्र चरमोत्कर्ष र डिभाइन सेक्सबारे थाहा भएको दाबी गरेकी छिन् । उनी एकमात्र यस्ती नन हुन् जसले विवाह गरिन् र आफ्नो विवाहमा भगवानलाई निमन्त्रणा दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण