माल्दिभ्समा खुल्यो संसारको पहिलो अन्डरवाटर होटल, चार रातको भाडा दुई करोड ३० लाख
संसारको पहिलो अन्डरवाटर होटल माल्दिभ्समा खुलेको छ । यहाँ बस्न चार रातको प्याकेज दुई लाख डलर अर्थात् दुई करोड ३० लाख रुपैयाँ पर्ने बताइएको छ ।
यद्यपी, यहाँ एक रात बस्ने सुविधा नदिई पूरा प्याकेज लिन आवश्यक छ । समुन्द्रभित्र यो होटललाई मारदिभ्स रंगाली आइसल्याण्ड एण्ड रिसोर्टले बनाएको छ ।
दुई तल्ले होटलको माथिल्लो तल्ला पानी बाहिर छः
अण्डरवाटर होटलको बेडरुमको भित्ता सिसाले बनेको छ । जहाँबाट समुन्द्रको दृश्य देख्न सकिन्छ । समुन्द्रको १६ फिट गहिराइमा बनेको यो होटलमा प्राइभेट जिम, सेफ, बार र पूलजस्ता विलासी सुविधा उपलब्ध छन् । मुराकमा बस्नेहरुका लागि ९० मिनेटको मसाज र स्पिड बोटको सुविधा पनि रहेको छ ।
दुई तल्ले यो होटलको नाम ‘मुराका’ राखिएको छ । स्थानीय भाषामा यसको अर्थ हो समुन्द्री मुगा । मुराकाको माथिल्लो तल्लो पानी बाहिर बनेको छ जहाँको रिल्याक्सेशन डेकमा पाहुनाले मज्जाले घाम ताप्न सक्छन् ।
मुराकालाई बनाउँदा वातावरणको पूरा ख्याल राखिएको छ । यसमा स्टिल, ग्लास, एक्रेलिक र कंक्रिटको प्रयोग गरिएको छ । सिंगापुरमा यसलाई तयार गरेर विशेष जहाजबाट माल्दिभ्स ल्याएर समुन्द्रभित्र सेट गरियो । तीब्र छालबाट बचाउनका लागि यसलाई बलियो खम्बाले बाँधिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट विनियाेजन
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण