यस्तो छ मधुको ‘पातै फरर...’
काठमाडौं – गायिका मधु क्षेत्रीले तिज गीत ‘पातै फरर...’ ल्याएकी छन् । गीतको भिडियोमा गायिका मधु आफैले मोडलिङ गरेकी छन् । उनलाई आश्विन मगरले अभिनयमा साथ दिएका छन् । भद्र वलीको शब्द÷सङ्गीत रहेको गीतको भिडियो बासु बरालले छायाँकन गरेका हुन्, भने सम्पादन राजेश कुमारले गरेका छन् ।
मधुको केही महिना अघि ‘ब्युटी ब्युटी छ....’ले राम्रै चर्चा पाएको थियो । पछिल्लो समय तिज गीतमा विकृति आएको भन्दै उनले यसको मर्म र भावना अनुसार गीत बजारमा ल्याउनु पर्ने बताइन् । ‘मैले यसैलाई मध्यनजर गर्दै पातै फरर... बजारमा ल्याएकी हुँ’, उनले भनिन् ।
७ वर्षदेखि नेपाली गीत–सङ्गीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सङ्गीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोक गीतमा आएको विकृतिमा चिन्तित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण