बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जनावरले पनि गर्छन् कमेडी, यी ११ तस्बिर हुन् प्रमाण

आइतबार, ०९ मङ्सिर २०७५, १३ : ४८
आइतबार, ०९ मङ्सिर २०७५

बीबीसी

आफ्नो दुई खुट्टा माथि उठाएको र अनुहारमा अचम्मको भाव देखाएको लोखर्केको यो तस्बिर सन् २०१८ को ‘कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड’ पाएको छ ।

यसलाई क्यामरामा कैद गरेका छन् फ्लोरिडाकी फोटोग्राफर मेरी म्याकगोवन । यो तस्बिरको शीर्षक हो ‘कट इन एक्ट’ (अर्थात्, कुनै व्यवहार गरिरहेका बेला समातिनु) ।

हामी यस्तै केही तस्बिर देखाइरहेका छौं जसले ‘कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड’ ले सम्मानित गरिएको छ जसको निकै तारिफ गरिएको छ ।

शेन कीनाको यो तस्बिरले ‘क्रिएचर अफ द इयर’ अवार्ड प्राप्त गर्यो । तस्बिरमा एक उल्लु लुकेर खेलिरहेको जस्तो देखिन्छ ।

तान्या हापरम्यानलाई यो हाँसिरहेको ह्वेलको तस्बिर खिचेका कारण अवार्ड दिइएको छ । उनलाई तस्बिरका लागि ‘अन्डर सी क्याटगोरी’ मा अवार्ड दिइएको हो ।

भारतको पंजाबको कपूरथलामा खिचिएको यो तस्बिरलाई अर्शदीप सिंकले आफ्नो क्यामरामा कैद गरेका थिए । उनले यसका लागि जुनियर क्याटगोरीमा अवार्ड दिइएको छ ।

वल्टेरी मल्काहिनेनलाई यो तस्बिर खिचेका हुन् र यसलाई ‘इन्टरनेट पोर्टफोलियो’ क्याटगोरीमा अवार्ड दिइएको छ ।

तस्बिर हेर्दा यस्तो लाग्छ कि गैंडाको मयुरको जस्तै प्वाँख छ र ऊ आफ्नो यस्तो स्वरुपको मजा लिइरहेका छन् ।

यो सुन्दर तस्बिरलाई पश्चिम बंगालको गोरुमारा नेशनल पार्कमा लिइएको हो । भारतको कलोल मुखर्जीले यो तस्बिरलाई आफ्नो क्यामरामा कैद गरेका हुन् ।

लाजले मुख लुकाउँदै गरेको यो भालूको तस्बिरलाई डेनिएल डिएमोले अलास्कामा खिचेका हुन् ।

स्वालबार्डमा फोटोग्राफी सिकिरहेको भालुको यो तस्बिरलाई क्यामरामा कैद गरेका छन् रोनी गेलिट्जले ।

स्विडेनको सुनौली रंगको लोखर्केको तस्बिर गिर्ट वेगेनले खिचेका हुन् ।

एक–अर्कालाई अँगालो हालेर यी छेपारो लडिरहेका छन् वा प्रेम व्यक्त गरिरहेका छन्, त्यो बुझ्न मुश्किल छ । तर एक्सनले भरिपूर्ण यो तस्बिरलाई खिचेका छन् सरगेव सावीले ।

यो तस्बिरलाई सरगे सावीले क्यामरामा कैद गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप