तीज तताउने भूमिकाको यस्तो छ योजना
काठमाडौं – अचेल जताततै तिजका भाकाहरु घन्किरहेका छन् । तिजका लागि भन्दै अहिले दैनिक दुई चार वटा गीतहरु सार्वजनिक भइरहेका छन् ।
यस्तैमा स्टेज क्विन गायिका भूमिका गिरीको नयाँ तिज गीत ‘सिस्नोले हान्दिन्छु’ पनि बजारमा आएको छ । हरेक बर्ष चर्चित तिज गीत दिदै आएकी गिरीको ‘सिस्नोले हान्दिन्छु’ले पनि अहिले बजार तताइ रहेको छ ।
गीतमा महिलाहरु साडीमा राम्रो देखिने भएकाले साडी लगाउन समेत आग्रह गरिएको छ । गीतमा पछिल्लो समय तिज पर्वमा देखिएको विकृतिलाई पनि समेटिएको छ ।
सुन्दा मिठासलाग्ने गीतमा गायिका गिरीलाई तिलक ओलीले स्वरमा साथ दिएका छन् । गीतमा पाईन्ट लगाउन छाडेर साडी लगाउन अनुरोध गर्दै छोटा कपडा लगाए सिस्नोले हान्नेसम्मका शब्द पनि अटाएका छन् ।
गीतमा तिलक ओलीको लय तथा शव्द सिर्जना रहेको छ । गीतको आकर्षक भिडियो समेत बनाइएको छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोमा गायिका गिरीसमेत मोडलिङमा देखिएकी छन् । उनको अलवा निक्स शर्मा, रमेशजंग थापा, मालती घले लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण