ओपो आर१७ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी, यस्ता छन् विशेषता
काठमाडौं –चीनमा आर१७ र आर१७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले विश्वभर नै चर्चाको विषय बनेर रहेका छन् । नेपालमा पनि ओपोले चाँडै नै आर–सिरिज अन्तर्गत ओपो आर१७ प्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।
ओपो नेपालले आफ्नो आधिकारिक सामाजिक सञ्जालका पेज मार्फत नेपालमा आर–सिरिज भित्रने जानकारी दिन थालेको छ । ओपोले चीनमा यसै बर्षको अगस्टमा ओपो आर१७ र आर१७ प्रो सार्वजनिक गरेको थियो । नेपालमा भने कम्पनीले आर१७ प्रो सार्वजनिक गर्ने तयारी गरेको देखिन्छ ।
कम्पनीको प्रिमियम रेञ्जका रुपमा परिचित आर१७ प्रोको पछाडी कम्पनीले तीन ओटा क्यामेराको प्रयोग गरेको छ । त्यसैगरी यसमा पानीको थोपा आकारको डिस्प्ले नोट्चका साथै ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ । ओपो नेपालले आधिकारिक रुपमा सार्वजनिक मितिको घोषणा भने गरिसकेको छैन । तथापी, डिसेम्बर महिनामै पर्ने क्रिसमस वा नयाँ बर्ष लक्षित गर्दै फोन सार्वजनिक गर्ने सम्भावना भने प्रबल रहेको छ ।

फोनका विशेषता
डुअल–सिम (नानो) प्रयोग गर्न सकिने ओपो आर१७ प्रोमा एण्ड्रोइड ८.१ ओरियोमा आधिरित कलर ओएस ५.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । स्मार्टफोनमा ९१.५ प्रतिशत एस्पेक्ट रेसियो सहितको ६.४ ईञ्च फुल–एचडी डिस्प्ले छ ।
त्यसैगरी, फोनमा ८ जीबी ¥यामका साथमा ओक्टा–कोर क्वालकम स्न््याप ड्र्यागन ७१० एसओसी प्रोसेशरको प्रयोग गरिएको छ । फोनमा रहेको ट्रिपल रियर क्यामेरा सेटअपमा एफ १.५–२.४ एपर्चर सहितको १२ एमपी सेन्सर, एफ २.६ एपर्चर सहितको २० एमपी सेन्सर र तेस्रो सेन्सरका रुपमा टीओएफ थ्रीडी स्टेरियो क्यामेरा जडान गरिएको छ ।
फोनमा कम्पनीले १ सय २८ जीबी ईनब्यूल्ट स्टोरेजको ब्यवस्था गरेको छ । स्मार्टफोनमा ४जी भीओएलटीई, वाईफाई, ब्ल्यूटूथ ५.०, जीपीएस/ए–जीपीएस, यूएसबी टाइप–सी र एनएफसी सपोर्टपनि उपलब्ध गरिएको छ । त्यसैगरी फोनमा अन बोर्ड सेन्सर्सका रुपमा एक्सेलेरोमिटर, एम्बियन्ट लाइट र प्रोक्सिमिटी सेन्सरपनि जडान गरिएका छन् ।
ओपो आर१७ प्रोमा ओपोको प्रोपराइटर सुपर भोक प्रविधि सपोर्ट गर्ने ३ हजार ७ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरिएको छ । १५७.६x७४.६x७.९एमए आयामको ओपो आर१७ प्रोको वजन जम्मा १ सय ८३ ग्राम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण