गीत : राष्ट्रभक्ति
शनिबार, २२ मङ्सिर २०७५, ११ : २०
लक्ष्मण सिटौला
झुक्तैन कहिले नेपाली वीर झुक्तैन नेपाल
झुक्तैन मेरो इन्द्रेणी आकाश झुक्तैन हिमाल
मभित्र एउटा अजर आत्मा छ बाँचिरहेको
मभित्र पनि बलशाली पुरुष छ हाँसिरहेको
शिरको टोपी सगरमाथा आँखामा फेवाताल
झुक्तैन मेरो इन्द्रेणी आकाश झुक्तैन हिमाल
छ एकताको बलियो सूत्र शत्रुलाई हराउने
छ दिव्योपदेश देवत्वज्ञान नेपाली चिनाउने
नसार्नु वर त्यो जङ्गे पिल्लर नबुन्नु बैरी जाल
झुक्तैन मेरो इन्द्रेणी आकाश झुक्तैन हिमाल
शिवपुरी गाउँपालिका, नुवाकोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण