एक टन चकलेट सडकमा जमेपछि...
शनिबार, २९ मङ्सिर २०७५, ११ : २०
बीबीसी
पिच गरिएको सडकको रङ सामान्यतया कालो हुन्छ तर जर्मनीको सडकको रङ भने केही समयका लागि परिवर्तन भयो ।
अत्यधिक चकलेट पोखिएपछि कालो सडक पूरै खैरो भएको छ ।
जर्मनीको वेस्टनेन शहरमा भएको चकलेट कारखानामा चकलेटले भरिएको एक ट्याङ्की लिक भयो र एक टन चकलेट बाहिर निस्किएर बाटोमा बग्न थाल्यो ।
अत्यधिक चिसो भएकाले चकलेट जम्यो । जसका कारण त्यहाँको बाटो नै बन्द गर्नुपर्यो ।
त्यसपछि २५ दमकल कर्मचारीले तातो पानी र फाहोरा आदिको प्रयोग गरेर चकलेटलाई बाटोबाट हटाए ।
यो काममा फ्याक्ट्रीका कर्मचारीले पनि बाटो सफा गर्न सहयोग गरेका थिए ।
चकलेट अत्यधिक बगेको थियो तर यसले क्रिसमसमा चकलेटको हाहाकार भने नहुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण