किन सेतो हुन्छ हवाईजहाजको रङ ?
बिहीबार, १९ पुस २०७५, ०९ : ५५
एजेन्सी – तपाईंले सानैदेखि देख्दै आएको हवाईजहाजको रङ सेतो नै भएको याद गर्नुभएको छ ? प्रायः हवाईजहाजको रङ सेतो नै हुन्छ । यसको पछाडि वैज्ञानिक कारण जोडिएको बताइन्छ ।
हवाईजहाज धेरै उचाईमा उड्ने भएकाले वायुमण्डलको तापक्रमले असर गर्न नसकोस् भनेर सेतो रङको प्रयोग गरिन्छ । सेतो रङमा तापमान बढ्ने सम्भावना कम हुने भएकाले हवाईजहाजको पाटपुर्जामा नराम्रो असर नपर्ने र सेतो रङले ताप र घाम आफूतिर एकिकृत हुन दिदैँन ।
अर्को कारण यसको पेन्टिङमा लाग्ने खर्च पनि हो । यदि हवाईजहाजमा अन्य रङको प्रयोग गरियो भने छिट्टै उड्ने र फेरि रङ गर्न महंगो पर्ने भएकाले पनि यसमा सेतो रङको नै प्रयोग गरिन्छ ।
साथै, सेतो रङ लगाउँदा विमानको बडीमा आएको कुनै पनि खराबी जस्तै चिरा परेको वा तेल चुहिएको सजिलै देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण