आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सेक्समा गल्ती गर्दा यी नायकले चुकाउनुपर्यो ११ करोड

शनिबार, १४ साउन २०७४, ११ : ०९
शनिबार, १४ साउन २०७४

बीबीसी

अमेरिकी अभिनेता अशरलाई असुरक्षित सेक्सका कारण १.१ मिलियन डलर अर्थात् ११ करोड रुपैयाँ भुक्तानी गर्नुपरेको छ । उनीसँगको यौन सम्बन्धपश्चात् महिलालाई संक्रमण भएपछि उनले उक्त रकम तिर्नुपरेको हो ।

रेडार अनलाइनले अदालतका लिक भएको एक कागजात प्रकाशित गरेको छ जसमा अमेरिकी गायकलाई सन् २००९–१० मा छालासम्बन्धि समस्या भएको दाबी गरिएको छ ।

पहिचान जारी नगर्ने शर्तमा एक महिलाले अनुसन्धानपछि उनलाई यौनजन्य रोग भएको थाहा भएको बताइन् । ती महिलाले आफू निकै तनावमा भएको बताइन् ।

३८ वर्षीया अशरमाथि उनले महिलासँग असुरक्षित यौनसम्बन्ध स्थापित गरेको र जसका कारण महिलालाई पनि संक्रमण भएको आरोप लागेको छ  ।

मिडिया रिपोर्ट अनुसार अशरले हलिउड लाइफसँग जे भयो त्यसमा आफू निकै डराएको र लज्जित महसुस गरिरहेको बताए । यद्यपी, उनले सार्वजनिक रुपमा कुनै पनि बयान दिएका छैनन् ।

अशरको वास्तविक नाम अशर रेमण्ड क्ष्ख् हो । उनले ती महिलासँग सन् २०११ र सन् २०१२ मा डेट गरिरहेका थिए । रेडार अनलाइनले २ हजार ७ सय ५४ डलरको चेकको तस्बिर छापेको छ जुन उनले महिलालाई मेडिकल बिलको रुपमा दिएका थिए ।

अशर आफ्ना ओएमजी, डिजे गट यूएस, फलेन इन लभ र याहजस्ता सुपरहिट गीतका लागि चर्चित छन् ।

अशर आठ पटक ग्रामी अवार्डबाट सम्मानित भइसकेका छन् र उनी द भाइस यूएसका पूर्व कोच हुन् । जब जस्टिन बीबरले करियरको सुरुवात गरेका थिए उनलाई पनि अशरले मार्गदर्शन गरेका थिए ।

अशर एक सफल गायकका साथै सफल अभिनेता पनि हुन् । उनले द ह्यांगओभर, फास्ट एण्ड फ्यूरियश र मपेट्स मोस्ट वान्टेडमा अभिनय गरेका छन् ।

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार गुप्ताङ्गमा हर्पिज एक सामान्य रोग हो । विशेषगरी २० देखि २४ वर्षको उमेरमा यो हुने गर्दछ । बेलायतमा सन् २०१३ मा जेनिटल हार्पिजका कारण ३२ हजार २ सय ७९ मानिसहरु सेक्सुअल हेल्थ क्लिनिक गए ।

हार्पिज भाइरसका कारण हुने गर्दछ । धेरैजसो यो कुनै लक्षण बिना नै फैलिने गर्दछ । धेरैजसो यो रोग असुरक्षित यौनसम्बन्धका कारण हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप