यस्तो देखियो कलङ्की–कोटेश्वर सडकखण्ड, चीनले नेपाललाई हस्तान्तरण गर्यो फेरिएको रिङरोड (फोटोफिचर)
काठमाडौं– चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूत होउ यान्छीले विस्तार गरिएको रिङरोड अन्तर्गतको सो सडकखण्ड हस्तान्तरण गरिन् ।
चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १०.४ किलोमिटर सडक विस्तार गरेको थियो ।
करिव ५ अर्ब अनुदान सहायतामा चीनले सो सडकखण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले सो सडकखण्डको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरे ।
चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु-याउँदै आएको सहयोगको पनि त्यस अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंशा गरे ।
प्रधानमन्त्री ओलीले हिमाल, पहाड र नदीबाट सुरु भएको चीनसँगको सम्बन्ध समस्यासहित रहेको पनि उल्लेख गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अझै आशा गरिएको पनि स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताइन् ।
काठमाडौंको २७ किलोमिटर लम्बाई रहेको रिङरोडको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
सडक विस्तारको काम सकिएलगत्तै यो सडक खण्ड आधुनिक स्वरुपमा देखिएको छ ।
हस्तान्तरण कार्यक्रमका तस्बिरहरु






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण