टाइगर श्रोफले भने, ‘बहिनीलाई कम्बलले बेरेर राख्न चाहन्छु’, बहिनी भने टपलेस फोटोका कारण भइन् चर्चित
कार्यक्रममा धेरैजसो आफ्नो नरम व्यवहारका लागि परिचित नायक टाइगर श्रोफले केही समय अघि आफ्नी बोल्ड बहिनीका बारे जे भनेका छन्, त्यसले वास्तविक रुपमै अचम्मित तुल्याउँछ ।
टाइगर श्रोफका अनुसार जब बहिनी कृष्णाको कुरा आउँछ तब उनी ‘ओभर प्रोटेक्टिभ’ हुन्छन् । ‘म आफ्नी बहिनीलाई कम्बलले बेरेर राख्न चाहन्छु । ’ उनले भने, ‘मेरो यो सोचका लागि सायद मानिसहरुले मेरो आलोचना गर्लान् तर त्यसले केही फरक पार्दैैन किनभने मानिसहरुले कुनै पनि कुरा आफ्नो दृष्टिकोणले हेर्ने गर्दछन् ।’
टाइगरलाई उनको बहिनीले पिठ्युँमात्र देखाएर खिचेको फोटोलाई टपलेस भनेर चर्चा गरिँदा उनले यसमा किन प्रतिक्रिया दिएनन् भन्ने प्रश्न सोध्दा उनले भने, ‘मैले ती तस्बिर बारे यसकारण केही प्रतिक्रिया दिइनँ किनभने मेरी बहिनीले जुन पोष्ट गरेकी थिइन् त्यसमा मलाई केही गलत लागेको थिएन । धेरै मानिसहरु विभिन्न प्रकारको फोटोसुट गर्ने गर्दछन् र तस्बिरहरु पोष्ट गर्दछन् यस्तोमा बहिनीले आफ्नो मर्जीले आफूलाई मनपरेको फोटो पोष्ट गर्न सक्छिन् । हरेकलाई आफ्नो निर्णय लिने स्वतन्त्रता हुन्छ र यसमा सधैं अरुको सकारात्मक प्रतिक्रियाको आशा गर्न सक्नुहुन्न ।’
यतिमात्र होइन, टाइगर श्रोफले बहिनी कृष्णासँग आफ्नो निकै राम्रो सम्बन्ध भएको पनि बताए । उनको फिल्ममा बुवा ज्याकी श्रोफले भन्दा बहिनीले प्रतिक्रिया दिने गरेको पनि उनले जानकारी दिए । उनले भने, ‘उनी मेरी बेस्ट क्रिटिक्स हुन् ।’ कथादेखि सिंगल सटसम्म टाइगरका लागि उनको बहिनीको धारणा निकै महत्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण