विदेशी मुद्रा तस्करीको आरोपमा फसे गायक राहत फतेह अली खान
पाकिस्तानी गायक राहत फतेह अली खानमाथि विदेशी मुद्रा तस्करीको आरोप लागेको छ । मामलाको अनुसन्धान गरिरहेको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले उनलाई यसबारे जवाफ दिन आदेश दिएको छ । मामला तीन लाख ४० हजार डलरको अवैध विदेशी मुद्रासँग जोडिएको छ ।
इडी अधिकारीका अनसार यो नोटिस सन् २०११ मा दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा राहतबाट बरामद गरिएको अमेरिकी डलरको मामलामा पठाइएको छ । स्मरण रहोस्, राहतसँग विदेशी मुद्रासँग जोडिएका कुनै पनि दस्तावेज भेटिएको थिएन ।
जारी हुनसक्छ लुक आउट नोटिसः
न्यूज वेबसाइट फर्स्ट पोस्टको खबर अनुसार राहतले तीन लाख ४० हजार डलर (तीन करोड ८५ लाख रुपैयाँ) अवैध तरिकाले कमाएका थिए । यसमा उनले दुई लाख २५ हजार डलरको तस्करी गरे ।
राहतको जवाफबाट अनुसन्धान एजेन्सी सन्तुष्ट नभए उनलाई दुई लाख २५ हजार डलरको तीन सय प्रतिशतको हिसाबले जरिवाना तिर्नुपर्नेछ । र यदि उनी जरिवाना दिन सक्दैनन् भने उनीविरुद्ध लुकआउट नोटिस जारी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण