अस्पतालबाट डिस्चार्ज भए पूर्व युवराज पारस
काठमाडौं– पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत माग १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
करिब ३ बजेर १० मिनेट जाँदा उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
यसअघि, शाहको उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका थिए ।
बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ ।
पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको भट्टले बताए ।
पूर्वराजा ज्ञानेद्रद्रलाई पनि हृखयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कालेस्ट्रोल बढी भएको जनाइएको छ ।

यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
पारसको उपचारमा प्रा. डा. यादवदेव भट्टको नेतृत्वमा डा। जेपि अग्रवाल, डा. नग्मा श्रेष्ठ लगायत १४ जना स्वास्थ्यकर्मीको टिम खटाइएको थियो ।
अस्पताल भर्ना भएपछि छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन पूर्वरानी कोमल शाह सिमराबाट काठमाडौँ आएकी थिइन् ।
अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहेकी पारस पत्नी हिमानी भने नेपाल फर्किनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण