तस्विरमा हेर्नुहोस् सरकारविरुद्ध काँग्रेसको शक्ति प्रदर्शन
काठमाडौं – प्रतिपक्षी दल काँग्रेसले सरकारविरुद्ध आज देशभर शक्ति प्रदर्शन गरेको छ । काँग्रेसले काठमाडौ लगायत ७७ वटै जिल्लाका सदरमुकाममा प्रदर्शन र विरोधसभा गरेको हो ।
विरोध सभालाई काँग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा भएको विरोध प्रदर्शनको नेतृत्व गरेका छन् ।
त्यस्तै पार्टी उपसधापति विमलेन्द्र निधि धनुषाको विरोध प्रदर्शन र सभालाई सम्बोधन गरेका छन् । त्यस्तै सहमहामन्त्री प्रकाशशरण महत दाङ, डा शशाङ्क कोइराला नवलपरासी र नेता शेखर कोइरालाले मोरङमा भएको सभालाई सम्बोधन गरेका छन् ।
काठमाडौको शान्तिबाटीकामा भएको कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताहरु विभिन्न स्थानबाट र्यालीसहित आएका थिए । बाइडबडी खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त बलात्कार, संवैधानिक निकायमा नियुक्ति लगायतका विषयमा काँग्रेसले सरकारको विरोध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण