प्रेममय काठमाडौं (फोटोफिचर)
आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे हो । प्रेम गर्नेहरुले यो दिनलाई एक चाडको रुपमा हेर्छन् । यो नितान्त विदेशी संस्कार हो तर यसबाट नेपाली पनि अछुतो रहन सकेका छैनन् । आधुनिकतासँगै युवापुस्तामा यसले निकै महत्वपूर्ण स्थान ओगटेको हो । पार्टनर सामू प्रेम अभिव्यक्त गर्न भ्यालेन्टाइन्स डेलाई उपयुक्त दिन ठान्नेहरुको जमात नेपालमा पनि राम्रै छ ।
युवा लेखक बुद्धिसागरले भनेका छन्, ‘मौनताको कुनै भाषा हुँदैन तर प्रेममा परेकाले त्यो पनि पढ्न सक्छन् ।’ तर यसो भन्दैमा प्रेम गर्नेहरुले भावना व्यक्त गर्नुपर्दैन भन्न खोजेको होइन । प्रेम बुझ्ने र बुझाउने मानिसका आफ्नै बानी र कौशल हुनसक्छन् तर प्रणय दिवसको मुख्य आकर्षण भनेको यस दिनमा दइने उपहार पनि हुन् ।
आजको दिन धेरैले आफ्नो प्रेम उपहारमार्फत् दर्साउने गर्छन् । यसै दिनका लागि भनेर थुप्रै उपहार देश–विदेशबाट नेपालमा पनि भित्रिने गर्छन् । भ्यालेन्टाइन्स विक सुरु भएदेखि नै गिफ्ट पसलमा विशेषगरी युवाहरुको भीड लागेको देखिन्छ । व्यवसायीहरुले पनि उनीहरुलाई नै लक्षित गरी उपहारको व्यवस्था मिलाउने गर्छन् । माया दर्साउने विभिन्न उपहार जस्तै ‘विन्ड चाइम’, ‘गुलाबका फूल’, ‘टेडी बियर’, स–साना पुतली, विभिन्न कपलगायतका उपहारका यस दिनमा आदन–प्रदान गर्ने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण