बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निश्चल र उमाले देखाए बिदेशीको पिडा

सोमबार, १६ साउन २०७४, १७ : २७
सोमबार, १६ साउन २०७४

काठमाडौं – नेपालमा रोजगारीको अवसर नभेटेर विदेश जाने युवा युवतीको संख्या थुप्रै छन् । विदेशमा पुगेर आफ्नो घर परिवार र आफ्नी मायालु सम्झेर फर्कनेको संख्या पनि कम छैन । 


रोजगारिको सिलसिलामा विदेशबाट हात गुमाएर फर्कंदाको पिडा अझ भयाबह हुन्छ । यस्तै पिडा देखाउने गीत ‘फर्की आए..’को भिडियो सार्वजनिक भएको छ । 
बिबेक झाको स्वर तथा संगीत रहेको गीतले टाढा हुँदा मायालुको सम्झनामा तड्पिएको कुरा समेत देखाउने प्रयास गरेको छ । 


विदेश हुँदा स्वदेशका देउसी र भैलो सम्झेरको समेत देखाउन खोजेको छ । बिकाश रिजाल र बिबेक झाको शब्द रहेको गीतको भिडियोले एकपट सबैलाई भाबुक बनाउन सक्छ । भिडियोमा निश्चल, उमा, भिमा र शिवको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप