सुपर स्नो मूनः पृथ्वीको ४९ हजार किलोमिटर नजिक आयो चन्द्रमाः १४ प्रतिशत ठूलो, ३० प्रतिशत बढी चम्किलो देखियो
मंगलबार राती चन्द्रमा पृथ्वीको ४९ हजार चार सय दुई किलोमिटर नजिक आयो । खगोलीय भाषामा यसलाई सुपर स्नो मून भनिन्छ । यसलाई अमेरिकामा हंगर मून पनि भनिन्छ ।
यो खगोलीय घटनाको क्रममा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक (३,५६,८४६ किमी) आयो जसका कारण चन्द्रमा अरु दिनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो रह्यो । चन्द्रमा धर्तीभन्दा ३ लाख ८४ हजार किलोमिटर टाढा छ ।
नासाका अनुसार मंगलबार दिउँसो दुई बजेर ४९ मिनेटमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक थियो । यस्तै, फूल मून भने नेपालबाट ९ बजेर ३९ मिनेटमा देखिएको थियो ।
यसकारण भनिन्छ सुपर स्नो मूनः
अमेरिकी र युरोपेली नागरिकले सबैभन्दा पहिले सुपर स्नो मून शब्दको प्रयोग गरेका थिए । वास्तवमा, यसलाई फेब्रुअरीमा पर्ने हिउँसँग जोडिएको थियो । अर्थात्, फेब्रुअरीमा जब पूर्णिमा हुन्छ तब यसलाई सुपर स्नो मून भनिन्छ ।
चिसो मौसममा अमेरिका–युरोपमा खाद्यान्नको कमी हुने भएकाले पनि यसलाई सुपर हंगर मून पनि भनिन्छ ।
२० मार्चमा देखिनेछ सुपर मूनः
अर्को सुपर मून यही मार्च २० मा देखिनेछ । यतिबेला चन्द्र सूर्यभन्दा ३६०७७२ किलोमिटर टाढा हुनेछ । यद्यपी, यो मंगलबार देखिएको सुपर स्नो मूनभन्दा ३९२६ किलोमिटर टाढा नै हुनेछ । यसअघि यसै जनवरीमा सुपर ब्लड मून देखिएको थियो । यतिबेला चन्द्रमा एक समयमा रक्तिम रातो भएको थियो ।
नासाका अनुसार अर्को सुपरमून ७ वर्षपछि अर्थात् २०२६ मा देखिनेछ । यसअघि सन् २०१६ नोभेम्बर १४ मा सुपरमुन देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण