Xiaomi द्वारा Redmi Go प्रस्तुत – अब मात्र ८ हजार ९९९ मा सुविधायुक्त फोन
काठमाडौँ–साओमीले नेपालमा पहिलो पटक आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन -रेड्मी गो बजारमा ल्याएको छ । जसको बजार मूल्य ८ हजार ९९९ कायम गरिएको छ ।
एन्ड्रोइड गो कार्यक्रम गुगलले २०१७ सालमा सुरू गरेको थियो र यसलाई बजारमा ल्याउने बित्तिकै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको साओमीले जनाएको छ । कम्पनीका अनुसार यसले अपरेटिङ प्रणालीमा काम गर्छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको छ।
नेपालका लागि प्रबन्धक सौरभ कोठारीले भने, “साओमीले नेपालमा प्रस्तुत भएदेखि नै सर्वत्र रूपमा माया र सरोकार पाइरहेको छ जसका लागि हामी सबै एमआइ फ्यानप्रति आभारी छौँ। भर्खरै आएको सस्तो र राम्रो रेड्मी टीएम गोसँगको अनुभव प्रभावकारी रहने आशा हामीले राखेका छौँ । सबै प्रयोगकर्ताहरूसमक्ष नयाँ प्रविधिको अनुभव पुर्याउने यो हाम्रो प्रयास पनि हो ।“
रेडमी गोका नयाँ एन्ड्रोइड फोनमा ५ इन्चको एचडी डिस्प्ले (७२०x१२८० पिक्सेल), क्वालकोम स्नापड्रागनम ४२५ प्रोसेसर, ३००० मिलिएम्पियर–घण्टा (MAh) को व्याट्री, पछाडिपट्टि लिडफ्लाससहितको ८ मेगापिक्सेलको क्यामेरा र अगाडिपट्टि ५ मेगापिक्सेलको सेल्फिक्यामेराको सुविधा छ । दुई वटा सिम राख्न सकिने रेडमी गोमा १ जिबी र्याम र ८ जिबी रोम (स्टोरेज क्षमता) रहेको छ भने यसमा १२८ जिबी क्षमतासम्मको माइक्रोएसडी स्लड (मेमोरी कार्ड राख्ने ठाउँ) समेत रहेको छ ।
रेडमी गो कालो र नीलो रंगमा उपलब्ध छ । यो अगामी मार्च ३ तारिख तदानुसार फागुन १९ गतेका दिनदेखि मोबाइल पसलहरु र दराज अनलाइन स्टोरमा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
-
नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने
-
प्रेस स्वतन्त्रता र पत्रकार हितका लागि सरकारको ध्यानाकर्षण: प्रधानमन्त्रीलाई हुलाकबाटै सातबुँदे ज्ञापनपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण