मलाई दुबई प्रहरीले सामान्य सोधपुछको लागि मात्रै बोलाएको होः अध्यक्ष श्रेष्ठ
काठमाडौं–गैरआवासीय नेपाली संघ (युएई) का अध्यक्ष रमेश श्रेष्ठले आफूलाई दुई प्रहरीले सामान्य सोधपुछका लागि मात्रै बोलाएको बताएका छन् ।
उनले गत शुक्रबार आफूलाई दुबई प्रहरीले सामान्य सोधपुछका लागि बोलाएको र सो क्रममा आफूले आवश्यक सहयोग गरेको उनले एक विज्ञप्तिमार्फत बताएका छन् ।
‘प्रवासमा नेपालीहरुको हितको लागि सामाजिक कार्य गर्ने शिलशिलामा यहाँको स्थानीय निकायले आवश्यक छानबीन गर्नु सामान्य हो र यो सर्वविदितै छ’, उनले भनेका छन्, ‘ सोही क्रममा मलाई दुबई प्रहरीले सामान्य सोधपूछका निमित्त बोलाएको र मैले मेरो तर्फबाट आवश्यक सहयोग गरेको थिएँ ।’
उनले अगाडि भनेका छन्, ‘गत शुक्रबार बिहान मलाई दुबई प्रहरीले केही सोधपूछको लागि भन्दै बोलाएको र तत्पश्चात विविध विषयमा आवश्यक लागे बमोजिम सोधपुछ गरेको थियो ।’
तर, सञ्चारमाध्यमले मापसे गरेर गाडी चलाएको र प्रहरीले नियन्त्रणमा लिएको भनि समाचार सम्प्रेषण गरेको गुनासो गर्दै सो उनले समाचारको खण्डन गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण