सार्वजनिक सवारीमा प्रहरीको ‘स्टिङ’ अपरेशन (भिडियो सहित)
काठमडौं – सार्वजनिक सवारी साधनमा महिला बिरुद्ध हुने हिंसा रोक्न प्रहरीले भोलिदेखि सेफ्टीपिन अभियान संचालन गर्दैछ । काठमाडौं उपत्यकाका सार्वजनिक सवारी साधानमा महिलामाथि यौनजन्य हिंसा हुने भएपछि महानगरीय प्रहरीले महिला हिंसाबिरुद्ध बिषेश कार्ययोजना ल्याएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआजी बमबहादुर भण्डारीले जानकारी दिए ।
काठमाडौंमा मुख्य मुख्य बसपार्कबाट एउटा बसमा १ महिला यात्री र २ पुरुष यात्रीको भेषमा यात्रा गरेर प्रहरीले महिला हिंसाको भए नभएको अनुगमन गर्ने र दोषीलाई तत्काल प्रक्राउ गरेर प्रहरी कार्यालय पुर्याइने छ । यसका लागि यातायात व्यवसायी महासंघ, यातायात व्यवसायी संघ, वागमती अञ्चल समिति, सामुदायिक सेवा समन्वय परिषद र सामुदायिक सेवा केन्द्रहरुसँग समन्वय गरिएको डिआइजी भण्डारीले जानकारी दिए ।
यसका लागि प्रहरीले शूरुमा प्रचार प्रसार गर्ने, गाडिमा स्टिङ अप्रेशन गर्ने र महिला हिंसा गर्ने पक्राउ गरी कानुनी कारवाही गर्ने बताएको छ । अभियुक्त पक्राउ गरी प्रहरी कार्यालयमा ल्याँउनका लागि छुट्टै भ्यानको समेत व्यवस्था गर्ने तयारी भएको छ । महिला बालबालिका सेवा केन्द्रको सहयोगमा ३ महिनासम्म प्रहरीले यो अभियान सञ्चालन गर्न लागेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी बमबहादुर भण्डारीले भने–‘भोली बुधबारदेखि नै यो अभियान शूरु गर्दैछौँ । शुरुमा तिन महिना यो अभियान चलाँउछौँ, यसको प्रभावकारीता हेरेर समय थपिन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण