सुपरम्यान बनेर सरर... : जाने हैन धुलिखेलमा जिप फ्लाइङ गर्न (फोटो)
काठमाडौँको व्यस्ता र कोलाहलबाट टाढा केही समय रमाउन कसलाई मन नहेला । हामीमध्ये धेरैलाई केही साहसिक कुरा गरेर रमाउन मन पनि लाग्छ ।
मानिस आफ्नो डरलाई चिर्दै साहसी देखाउन साहसी खेलहरु खेल्ने गर्छन् । त्यही भएर पछिल्लो समय बञ्जी, र्फटिङ, क्यानोइङ, प्याराग्लाइडिङ जस्ता खेलहरु नेपालमा लोकप्रिय बन्दै गइरहेका छन् ।
सहासिक तथा मनोरञ्जनात्मक खेलमा पर्ने जिप लाइनका पारखीहरु पनि उत्तिकै छन् ।
अब जिप लाइनको मज्जा लिन काठमाडौँबाट धेरै टाढा जान नपर्ने भएको छ । काठमाडौँबाट करिब ३३ किलोमिटर टाढा रहेको काभ्रेको धुलिखेलमा जिप लाइन सुरु भएको छ ।

जिप लाइनको लञ्च ‘प्याड’ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेसन’ खावा सम्मको जिप लाइन दुरी करीब ११ सय मीटर रहेको छ । व्यक्तिको तौलअनुसार बढीमा १ मिनेट २० सेकण्ड समय लाग्ने छ ।
जिप लाइन गर्दा हिमाल देखि जंगलदेखि छेउका वस्तीको मनोरम दृश्यकोे आवलोकन गर्न पाइनेछ ।

यो जिप लाइन युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भइ अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको निर्माता कम्पनीले जनाएको छ ।
यसमा साधारण, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो भएको कम्पनीले जनाएको छ ।
हेरौँ केही तस्विर


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण